जुनेली रातमा तारहरु गन्ने कोशिश मेरो ,
निष्पक्च अन्धकारमा जून खोजने चाहना ,
आकाशमा उड़ी धरतीलाई नियाली उज्यालो किरण बनि
उमंग को फूल बन्ने चाहना !!!
प्रकृति को रांगा मा ढली
जीवनी को गीत कोरी
सुख दुःख को रँगमञ्च
कतै हाँसो को उज्यालो
कतै निराशा को मुस्कान
सब मिली उडी हिडछन्
जीवन काल को चक्रव्यूमा भूली !!!
धनको मुख रातो ,
सूख शान्तिको दुश्मन ,
आफ्नालाई दोषी बनाई
मानवता को सिद्धान्त भूली
पछि भाग्छन् कूदी कूदी ,
न त लानू छ , न त लिनु छ ,
केवल नाचना छ इशारा मा रमाई रमाई !!!
परिश्रमको च्यादर ओडी ,
सत्यताको कदम चाली
असल पहचान बनाई
हामी माझ आइ बसी हीर्दछन् !!!
सुस्केरामा रमाई ,आँगननैमा घुमी ,
शब्दका खेल रची ,मिठासका बिउ छरी ,
हावाझै कोइबेला पश्चिम , कोइबेला पूर्व
रमाई बस्छन् हामी माझा , मनका भावना !!!
🌝🌝🌝🌝🌝